अत्यधिक गर्मी बढेपछि कञ्चनरुपका विद्यालय २ दिन विदा, विदा सुरु भएपछि पानी पर्यो

राजविराज– सप्तरी कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालय २ दिनका लागि बिदा भएका छन्। तराई–मधेसमा अत्यधिक गर्मी बढेपछि नगरपालिकाले विद्यालय विदा दिने निर्णय गरेको हो।

नगरपालिकाले सोमबार जारी गरेको सूचनामा आजदेखि लागू हुने गरी दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको हो।

यसैगरी १० असोज देखि १६ असोजसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन पनि निर्देशन दिईएको छ। कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको मेयर ललनप्रसाद गुप्ताले जानकारी दिए।

यता, विद्यालय वन्द भएसँगै मंगलबार सप्तरीका कतिपय स्थानमा पानी परेको छ। पानी परेपछि नागरिकले राहतको महसुस गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट