मुटुमा समस्या देखिएपछि दुर्गा प्रसाई राती नै वीर अस्पताल भर्ना

काठमाण्डौं– प्रहरी नियन्त्रणमा रहेका मेडिकल व्यवासायी दुर्गा प्रसाईंलाई राती देखि नै अस्पताल भर्ना भएका छन्। स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको साईबर व्युरोका अधिकृतहरुले जनाएका छन्।

भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो। त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतबाट वीर अस्पतालमा पु¥याईएका प्रसाईँको स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएको बताएका थिए। चिकित्सकले थप जाँच गराउनुपर्ने बताएको ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए।

प्रसाईंविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप छ। उनीविरुद्ध रास्वपा नेतृ ज्वाला संग्रौलाले उजुरी दिएकी थिईन। आफ्नो चरित्रहत्या गर्ने गरी एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि उनले प्रहरी गुहारेकी हुन् । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न आनाकानी गरेको थियो, तर संग्रौलाले सामाजिक सञ्जालबाट अनवरत आवाज उठाएपछि जाहेरी दर्ता भएको थियो।

गत २ असोजमा प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दियो। केही समयअघि कान्तिपुर दैनिकको मास्टर हेड दुरुपयोग गर्दै एउटा फेक न्यूज भाइरल बनाइएको थियो । ‘जापानमा वेश्यावृत्तिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्री सामाजिक सञ्जालमा हालिएको थियो। फ्याक्ट चेकमा कान्तिपुरले यस्तो त्यो समाचार नछापेको प्रमाणित भइसकेको छ।

त्यही फेक न्यूजलाई आधार बनाएर दुर्गा प्रसाईंले युट्युब च्यानललाई अन्तर्वार्ता दिँदा ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए। ज्वालाले सामाजिक सञ्जालमा राखेको एउटा भिडिओका कारण आक्रोशित भएका प्रसाईले नानाथरी भन्न भ्याएका थिए।

दुर्गा प्रसाईंले दुबईमा मृत्युदण्डबाट जोगाएर नेपाल फर्काएको भनिएका युवक पहलमान थापाले पत्रकार सम्मेलन गरेर आफ्नो जीवन रक्षामा दुर्गाले एक रुपैयाँ पनि सहयोग नगरेको बताएको भीडीओ ज्वालाले सामाजिक सञ्जालमा राखेकी थिईन। भिडिओ सेयर गर्दै ज्वालाले ‘दुर्गा प्रसाईं दाइले आफूले उद्धार गरेको भनेर फेसबुकतिर बधाई खाँदै गरेको देखेकी थिएँ, तर उद्धारकर्ता अर्कै रहेछन् । बिचरा जो वास्तविक उद्धारकर्ता छन्, तिनलाई दुर्गा दाइको झूटो अभिव्यक्तिले कति असर पुगेको रहेछ ! समाज सेवाको नाममा भाइरल हुन जे पनि नगर न हो साथीहरु।’ भन्दै लेखेपछि प्रसाई आक्रोशित भएका थिए।

यो प्रकरणमा युट्युवरले ‘तपाईंले त झूट बोल्नुभएको रहेछ नि ?’ भन्ने प्रश्नको जवाफमा प्रसाईले आफैं पैसा नदिएको तर, पैसा जुटाउन पहल गरेको बताए। त्यही क्रममा उनले ज्वालाप्रति भडास निकाले।

‘जब हामीले भिडिओ बनाएर अपिल गरिसकेपछि पैसा जम्मा भइसकेपछि व्युँझिएका होइनन् यिनीहरु? कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भका छन्। जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन? त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन्। आखिरमा फेसबुकमा जुन आको छ नि, त्यसमा गाली कसलाई गरेको छ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन।’ उनले भनेका थिए।

उनी यतिमा मात्रै अडिएनन्। अगाडि भनेका छन्–‘मैले लाश ल्याउँदा सुन ल्याएँ रे ! जेलमा बसेको त्या भाइहरुलाई उतै मर्न दिनुपर्ने रछ नि ! अब गर्ने कि नगर्ने ? तिनीले गरुन् । त्यही जापानमा वेश्यावृत्ति गर्नेले गरुन् नि ! अर्कालाई केटी मिलाइदिने, अनि आफू पनि वेश्यावृत्ति गर्ने, रातभरि सात जनासँग चर्ने । त्यसले गर्नु नि ! फेसबुकमा लेख्न जानें भनेर हालिछे । यस्ता छन् नयाँ पार्टीका मेम्बर । त्यसको शाखा सन्तानै त्यस्तो हो क्या ! आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने ।’

प्रसाईंको अभिव्यक्तिको संग्रौलाले तत्काल फेसबुकबाट प्रतिवाद गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट