अल जजिराको कार्यालय ४५ दिन वन्द गर्न सेनाको आदेश, आतंकवादलाई समर्थन गरेको आरोप

काठमाण्डौं– आतंकवादलाई समर्थन गरेको आरोपमा इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लास्थित ‘अल जजिरा’को कार्यालय ४५ दिनका लागि वन्द गराएको छ।

आइतबार बिहान अल जजिराको कार्यालयमा छापामारी गरेको हतियारधारी सैन्य समुहले ४५ दिन कार्यालय वन्द गर्न अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई आदेश दिएको हो।

न्युज च्यानलमाथि आतंकवादलाई समर्थन गरेको आरोप छ। अल ओमारीले भने यसरी सञ्चार माध्यमहरुलाई निशाना बनाउनुको उद्देश्य मानिसहरुलाई सही सूचना दिनबाट रोक्नु भएको बताएका छन्।

गत मे महिनाको सुरुवातमा पनि नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो। अप्रिलमा इजरायलको संसदको एउटा कानुन पास गरेको थियो, जसमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएको विदेशी च्यानलको प्रसारण अस्थायी रुपमा बन्द गर्न सक्ने अधिकार सरकारलाई दिइएको थियो।

गत वर्षको अक्टोबरदेखि चलिरहेको इजरायल–हमास युद्धमा पत्रकारहरू चपेटामा परेका छन्। इजरायली सुरक्षा फौजको कारबाहीमा अहिलेसम्म १७३ जना पत्रकार मारिएको गाजास्थित सरकारी अधिकारीहरूद्ये जनाएका छन्। अल जजीराका इस्माइल अल घौल र समिर अबुदाका पनि इजरायली सेनाको कारबाहीमा मारिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट