५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तामाङ पक्राउ

विराटनगर– भोजपुर साल्पासिलिछो गाउँपालिका–५ का ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ। उनी बिहीबार दिउँसो पक्राउ परेका हुन।

तेह्रथुमको लालीगुराँस नगरपालिका–१ गैरीटोलमा डेरा गरेर वस्ने तामाङमाथि ५६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ।

तामाङले ती महिलालाई ३० भदौमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी परेको थियो। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट