सलमान खानको कार पिछा गरेको आरोपमा एक युवक पक्राउ

काठमाण्डौं– भारतीय अभिनेता सलमान खानको कारलाई पछ्याएको आरोपमा मुम्बई प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मुम्बईको बान्द्राका बासिन्दा उजैर फैज मोहिउद्दीन नामका युवकलाई प्रहरीले पक्राउ गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार युवकले निकै तीव्र गतिमा बाइक चलाएर सलमानको कारको नजिक पुगेको प्रहरीको भनाइ छ। यो घटना सेप्टेम्बर १८ (बुधबार) मध्यरातको हो।

प्रहरीले युवकविरुद्ध एफआइआर पनि दर्ता गरेको छ। सलमान मुम्बईको मेहबुब स्टुडियो नजिकैबाट कारमा गइरहेका थिए। यसपछि तीव्र गतिको बाइक उनको कारको नजिक पुग्छ। सलमानको सुरक्षामा खटिएका प्रहरीले ती युवकलाई धेरैपटक टाढा जान आग्रह गरे तर मानेनन्। युवकको बाइक चलाउने तरिका निकै खतरनाक थियो।

सलमान खानलाई यसअघि नै लरेन्स बिश्नोईबाट ज्यान मार्ने धम्की आइसकेको छ। जसका कारण उनीहरुको सुरक्षामा निकै कडाइ गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट