गोठमा आगलागी हुँदा ४ लाख रूपैयाँको गड्डी नै जल्यो

काठमाण्डौं– रोल्पाको थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरले गोठमा राखेको ४ लाखको गड्डी (विटो) आगलागीमाा परेर जलेको छ।

बुधबार दिउँसो गोठमा आगलागी हुँदा त्यहाँ राखेको ४ लाख नगदसमेत जलेको प्रहरीले जनाएको छ। नोटहरू आधा भाग जलेको अवस्थामा फेला परेका छन।

जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्ट रोहितकुमार शाहीका अनुसार ढुंगामाटोले बनेको र खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको थियो।

आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नसहित ६ लाख २० हजार बराबरको क्षति भएको शाहीले जानकारी दिए। चुलोमाथि सुकाउन राखेको दाउराबाट आगो सल्किएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट