ज्वाला संग्रौलासँगको फेसवुकको जुहारीले पक्राउ पर्दै दुर्गा प्रसाई, आरोप सरकारमाथि !

काठमाण्डौं– विवादित मेडिकल ब्यवसायी एवम् पछिल्लो समय राजा फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न बुधबार काठमाण्डौं जिल्ला अदालतले नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुमति दिएको छ।

पक्राउ पुर्जी जारी भएपनि उनी पक्राउ भने परेका छैनन्। बुधबार पत्रकार सम्मेलन गरी गिरफ्तारी दिने बताएका पसाई अहिले उल्टै प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको आलोचना गर्दै हिडिरहेका छन्। आफ्नो पक्षमा जनलहर देखेर सरकार तर्सिएको भन्दै आफना कार्यक्रम बिथोल्न सरकारले षड्यन्त्र गरेको आरोप उनले लगाएका छन।

प्रसाईले बिहीबार विज्ञप्ति जारी गरेर पक्राउ पुर्जी खारेजीको माग गरेका छन्। प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ। चरित्र हत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले दिएको उजुरीका आधारमाा उनलाई साईबर ब्युरोले पक्राउ गर्न लागेको जनाईएको छ।

प्रसाईले युट्यूब च्यानललाई अन्तर्वार्ता दिँदै सङ्ग्रौलामाथि आपत्तिजनक शब्दहरु प्रयोग गरेर लाञ्छना लगाएका थिए । ‘जापानमा यौन व्यवसायमा संलग्न भनिने ज्वाला सङ्ग्रौला’ भन्दै केही समय अघि एउटा फेक समाचार भाईरल बनाईएको थियो। कान्तिपुरको मास्टर हेड दुरुपयोग गरी तयार गरिएको उक्त ‘न्यूज’ ज्वालाका आलोचकले सामाजिक सञ्चालमा शेयर गरेका थिए। तर, पछि ‘त्यो समाचार फेक हो’ भनेर पनि पुष्टि भयो।

प्रसाईले युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा भने सोही समाचारलाई आधार बनाएर ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भन्दै आलोचना गरेका थिए। त्यो अन्तर्वार्तामा ज्वालाको नाम भने लिईएको थिएन। तर, ज्वालाले आफ्नो चरित्रहत्या गरेको भन्दै जाहेरी दिएको बताएकी थिईन।

ज्वालाविरुद्ध प्रसाई आक्रोशित भएर आलोचनामा उत्रनुको कारण भने विदेशबाट उद्धार गरिएका युवा ‘पहलमान थापा’ हुन। थापालाई आफुले उद्धार गरेर ल्याएको भन्दै प्रसाईले स्यावासी थापिरहेका थिए। तर, ती युवाले पत्रकार सम्मेलन गरेर आफुलाई बचाउन प्रसाईको कुनै योगदान नभएको बताएका थिए।

ज्वालाले त्यही भीडीओ सामाजिक सञ्जालमा राखिदिएपछि प्रसाईँको झुठ सवैको सामान्ने आयो। यही रिसमा उनले जथाभावी बोल्दा अहिले प्रहरी पछाडि परेको जानकारहरु वताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट