रास्वपामा रवि लामिछानेको पापको भारी कस्ले वढि बोक्ने भन्ने प्रतिस्पर्धा छः गगन थापा

राजविराज– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको पापको भारी कस्ले बढि बोक्ने भन्ने प्रतिस्पर्धा रहेको वताएका छन्।

कांग्रेसको कार्यक्रममा आफनो धारणा राख्ने क्रममा थापाले बोलेको एउटा भीडीओ क्लिव सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उनले लामिछानेले करोडौंको चेक काटेर सहकारीको रकम अपचलन गरेको भनेर छानविन समितिले प्रतिवेदन दिईसक्दा पनि अन्य नेता/कार्यकर्ता ‘क्लिन चिट पाएको’ भन्दै तालि वजाईरहेको भन्दै ब्यंग्य गरे।

‘सीधा कम्पनीमा चेक काटेर करोडौं पैसा आएको छ। ढ्याङढ्याङ करोड–करोड आएको छ। सुईंसुईं चेक काटिएको छ। अनि के भनिएको छ भने करोड कहाँबाट आयो मैले थाहा पाइनँ। यो त विचित्रको कम्पनी रहेछ’ थापाले भनेका छन्–‘कानूनको नाम किन नलेखेको भनेर मैले दिलेन्द्र बडुजीलाई सोधें। एउटा भए पो लेख्नु भन्नुभयो। ठगी पनि छ, कीर्ते पनि छ, के के छ, छ। कम्पनी खोलेको छ। अकाउन्ट खोलेको छ। करोड करोड आएको छ। चेक काटेको छ। करोड कहाँबाट आएको थाहा छैन भनिएको छ।’

छानविन समितिमा रहेका रास्वपाका पार्टीका साथीहरुले नै किर्ते मुद्दा चलाउनु पर्छ भनेर प्रतिवेदनमा हस्ताक्षर गरेको जानकारी दिदै उनले भनेका छन्–‘सम्बन्धित पार्टीको साथी नै कीर्तेमा मुद्दा चलाउनुपर्छ भनेर सिग्नेचर गर्नुहुन्छ। उहाँलाई छटुटु भन्ने कि के भन्ने? बाहिर आएर तपाईं क्लीन हुनुभएको छ भन्नुभयो। सबैले ताली बजाए। हाम्रो अध्यक्षजीले पस्किनु भएको होइन, खानुभएको मात्र हो भनेर ताली बजाए।’

‘केही हामीसँगै विगतमा काम गरेका साथीहरु पनि छन्। सभापतिसँग हामी बेलाबेला बहस गर्छौं, लड्छौं, तर उहाँहरुले त्यो सिक्नुभएको रहेनछ। अध्यक्षको पापको भारी कसले बढी बोक्ने भनेर प्रतिस्पर्धा छ।’– महामन्त्री थापाले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट