यस्तो छ सीके राउतविरुद्ध श्रीमतीले प्रहरीमा दिएको उजुरी (exclusive)

काठमाण्डौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी श्रीमतीले ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा पति विरुद्ध उजुरी दिएकी छिन्।

सांसद समेत रहेका राउतले सम्वन्ध विच्छेद नगरे जे पनि गर्छु भन्दै धम्की दिएको उल्लेख गर्दै श्रीमती सोनी सिन्धु रानीले उजुरी दिएकी हुन। उनले शान्ति सुरक्षा माग गरेकी छिन्। श्रीमानका कारण आफु असुरक्षित भएको उनको उजुरीमा उल्लेख छ।

डा. राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए। उनीहरूको सम्वन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन छ। राउतले १२ भदौमा श्रीमतीसँग छोडपत्र र अंशवण्डाको मुद्दा जिल्ला अदालत ललितपुरमा दायर गरेका छन्।

श्रीमतीको माइती पक्षबाट आफूलाई टुनामुना गर्न सक्ने र श्रीमतीले नै खानामा मन्द विष मिलाएर मार्न सक्ने भएकाले डिभोर्स दिलाइ दिन उनले अदालतसँग माग गरेका छन्।

सोनीले भने आफुमाथि डा. राउतले विगत १० वर्षदेखि घरेलु सिंसा गर्दै आएको र आफुलाई पागल प्रमाणित गर्न लागि परेको वताउँदै आएकी छिन्। आफु विरामी हुँदा समेत उपचार नगराएको भन्दै उनले भनेकी छिन–‘अस्पताल जाँदा तँलाई कसैले बलात्कार गर्यो भने कस्ले जिम्मा लिन्छ ? भन्दै उपचार पनि गराउनु भएको छैन।’

यो पनि,

डा. सीके राउतविरुद्ध श्रीमती सोनी सिन्धु रानीले दिएको शान्ति सुरक्षाको निवेदन प्रहरीले किन लिएन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट