बलात्कार मुद्दामा कारागारमा रहेका प्रेमीको प्रेमिकाले गरिन हत्या, १४ वर्षीया किशोरी पक्राउ

काठमाण्डौं– तीन दिनअघि कैलाली जिल्ला कारागारमा मृत्यु भएका एक युवकको हत्या भएको खुलासा भएको छ। बलात्कार मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक बिकको हत्या आरोपमा उनकै प्रेमीका पक्राउ परेकी छिन्।

जबरजस्तीकरणी र हाड नाता करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका विक ३१ भदौमा कारागारको शौचालयमा लडिरहेको अवस्थामा भेटिएका थिए। उनलाई तत्कालै प्रादेशिक अस्पताल पुर्‍याईए पनि उपचारकै क्रममा मृत्यु भएको थियो। घट्नाको अनुशन्धान गर्ने क्रममा विकको हत्या भएको निस्कर्षमा प्रहरी पुगेको छ।

प्रहरीले उनकी प्रेमिका १४ वर्षीया ज्वाला पहरी (नाम परिवर्तन)लाई पक्राउ गरेको छ। उनी विककी प्रेमीका मात्र नभई वहिनी समेत रहेको खुलेको छ। ज्वाला मृतक बिकका काकाकी छोरी हुन। उनैलाई बलात्कार गरेको आरोपमा विक पुर्पक्षका लाागि कारागारमा थिए।

कैलाली प्रहरीका एसपी पदमबहादुर बिष्टका अनुसार दाजुबहिनी भएपनि उनीहरु लामो समयदेखि प्रेम सम्वन्धमा थिए। यसै क्रममा उनीहरुले शारीरिक सम्वन्ध पनि राखे। किशोरीको पेटमा ३ महिनाको बच्चा वसेपछि करिव ६ महिना अघि (फागुन ०८०) यो कुरा परिवारले थाहा पाए।

त्यसपछि ज्वालाको परिवारले ८ फागुन ०८० मा दिपक विरुद्ध इलाका प्रहरी कार्यालय सुखडमा जबरजस्तीकरणी र हाडनाता करणीको किटानी जाहेरी दिए। प्रहरीले सोही दिन दिपकलाई पक्राउ गरेर अदालतमा उपस्थित गरायो। त्यसै दिन उनी पुर्पक्षका लागि कारागार चलान भए।

दिपक कारागार पुगेपछि परिवारले ज्वालाको पेटमा भएको वच्चा पनि गर्भपतन गराएर फालेको खुलेको छ। त्यसपछि पनि दुई जनाबीचको प्रेममा कमी आएन। ज्वाला दिपकलाई भेट्न कारागार पुग्न थालिन। मोवाईलबाट पनि उनीहरुको संवाद भईरहन्थ्यो। भेटघाट र कुराकानीका क्रममा दिपक कारागार वस्नु परेको र पेटमा भएको वच्चा फालिएको विषयमा उनीहरुको कुराकानी हुन्थ्यो।

यतिमात्रै होईन, आफूहरुका कारण परिवारमा मनमोटावको अवस्था आएको विषयमा उनीहरु चिन्तित थिए। त्यसपछि अन्तिम पटक भेटघाट हुँदा उनीहरु दुवैले आत्महत्या गर्ने निर्णय गरे। सल्लााह अनुसार ज्वालाले दिपकलाई ‘सलपास’ नामको विषादी लगेर दिएको खुलेको छ। विषादी किनेर ल्याउने सल्लाह दिपकले नै दिएको ज्वालाले वयान दिएकी छिन्।

यता, प्रहरीले दिपकको ३४ पाना लामो सुसाईड नोट समेत फेला पारेको छ। सुसाइड नोटमा बिकले दुवै जनाले सँगै मर्ने बाचा गरेअनुसार मृत्युको बाटो रोजेको लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट