डा. सीके राउतविरुद्ध श्रीमती सोनी सिन्धु रानीले दिएको शान्ति सुरक्षाको निवेदन प्रहरीले किन लिएन ?

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सीके राउतकी श्रीमती शान्ति सुरक्षा माग गर्दै प्रहरी कार्याालय पुगेकी छिन्। श्रीमानका कारण आफु असुरक्षित भएको भन्दै श्रीमती सोनी सिन्धु रानी ललितपुरस्थित प्रहरी प्रभाग कार्यालय इमाडोलमा पुगेकी हुन्।

तर, प्रहरीले उनको निवेदन लिन आलटाल गरेको जनाईएको छ। प्रहरी वृत्त सातदोबाटोले भने सोनी सिन्धु रानीले दिएको निवेदन लिन मातहतका निकालयलाई निर्देशन दिएको जनाएको छ। वृत्तका डीएसपी चित्र भट्टराईले उनको निवेदन लिन प्रभाग इमाडोललाई भनेको जानकारी दिए।

डा. राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए। उनीहरूको सम्वन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन छ। राउतले १२ भदौमा श्रीमतीसँग छोडपत्र र अंशवण्डाको मुद्दा जिल्ला अदालत ललितपुरमा दायर गरेका छन्।

श्रीमतीको माइती पक्षबाट आफूलाई टुनामुना गर्न सक्ने र श्रीमतीले नै खानामा मन्द विष मिलाएर मार्न सक्ने भएकाले डिभोर्स दिलाइदिन उनले अदालतसँग माग गरेका छन्।

सोनीले भने आफुमाथि डा. राउतले विगत १० वर्षदेखि घरेलु सिंसा गर्दै आएको र आफुलाई पागल प्रमाणित गर्न लागि परेको वताउँदै आएकी छिन्। आफु विरामी हुँदा समेत उपचार नगराएको भन्दै उनले भनेकी छिन्–‘अस्पताल जाँदा तँलाई कसैले बलात्कार गर्यो भने कस्ले जिम्मा लिन्छ ? भन्दै उपचार पनि गराउनु भएको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट