आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदै

काठमाण्डौं– आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संविधानसभाबाट ३ असोज ०७२ मा संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष ३ असोजलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ।

संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन्।

टुँडिखेलमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ। नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ।

आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ। शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मी हाई अलर्टमा छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्।

सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ। आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट