रवि लामिछानेसहित ४ जनालाई कारवाही गर्न सिफारिस भएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाण्डौं– रास्वपाका सभापति रवि लामिछानेसहित ४ जनाको नामै तोकेर सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयनमा लाने भएको छ।

सरकारले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाईने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन्।

वैठकमा सहभागि एक मन्त्रीले भने– ‘उहाँले सिधै सम्बन्धित मन्त्रालयमा पठाऊँ, मन्त्रालयले आवश्यक कारबाही गर्छ भन्नुभयो।’ एमाले सांसद सुर्य थापा नेतृत्वको सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो। जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए।

संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट