विंगर दुर्घटना हुँदा १२ यात्रु घाइते, ३ जनाको अवस्था गम्भिर

काठमाण्डौं — पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार विंगर दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

ठाकुरबाबा नगरपालिका–१, अम्रनी पोष्टबाट करिब २ किलोमिटर पश्चिम से १ज १०२८ नम्बरको विगंर दुर्घटनामा परेको हो।

धनगढीबाट नेपालगन्ज जाँदै गरेको विगंर सडकदेखि दश मिटर तल खसेको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुदीप खड्काले बताए।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर र अन्य सामान्य रहेको उनले जानकारी दिए। घाइतेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट