ग्रीनल्यान्ड होटलमा लडेका बडिबिल्डर खेलाडी प्रकाश राईको निधन

विराटनगर — काठमाण्डौंको ग्रीनल्यान्ड होटलमा अकस्मात लडेका शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ।

टोखा नगरपालिका–६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजे अचानक लडेका थिए। उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ।

उनको निधनको कारण खुलिसकेको छैन। राई पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता हुन। मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ घर भएका उनी गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता हुन।

मोरङको ‘फोनिक्स फिटशाला’ बाट सहभागी बन्न उनी काठमाडौं गएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट