आमाको मृत्यु भएपछि वैदेशिक रोजगारीबाट फर्किएका छोराको १५ दिन नपुग्दै शंकास्पद मृत्यु

राजविराज– सप्तरीमा आमाको मृत्यु भएपछि वैदेशिक रोजगारीबाट घर फर्किएको १५ दिन नपुग्दै एक युवकको शंकास्पद अवस्थामा मृत्यु भएको छ।

अग्नीसाईर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरका रामकाजी पोखरेलका छोरा २८ वर्षीय इश्वरको आज विहान धानखेतमा शव फेला परेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत महुली बजारदेखि ३ सय मिटर पूर्व घुरन चौधरीको खेतमा इश्वरको शव फेला परेको हो।

स्थानीयले खेतको आलीमा मानिस ढलेको देखेपछि प्रहरीलाई खवर गरेका थिए। इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुग्दा पोखरेल मृत अवस्थामा फेला परेका थिए। उनको मृत्युको कारण खुलिसकेको छैन।

मंगलबार विश्वकर्मा पूजाको अवसरमा महुली बजारमा आयोजित कार्यक्रम गएका उनी घर फर्किएका थिएनन्। सांस्कृतिक कार्यक्रममा केही युवाहरूबीच झडपसमेत भएको थियो। पोखरेलको मृत्यु त्यो झडपसँग सम्वन्धित छ की छोईन भन्ने विषयमा प्रहरीले सूचना संकलन गरिरहेको छ।

यस अघि वैदेशिक रोजगारीमा रहेका पोखरेल १५ दिनअघि आमाले झुन्डिएर आत्महत्या गरेको खबर पाएपछि स्वदेश फर्किएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट