बर्दियामा घाटी काटेर महिलाको हत्या, भाग्दै गरेका एक जना पक्राउ

काठमाण्डौं– बर्दियामा एक महिलाको घाँटी काटेर हत्या गरिएको छ। बारबर्दिया नगरपालिका–५ तर्कापुरकी ३९ वर्षीया मीना थारुको हत्या भएको हो।

उनको हत्या गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–११ का करिव ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)लाई पक्राउ गरेको छ।

मीनालाई घाँटी र टाउकोमा धारिलो हतियार प्रहर गरी भाग्दै गरेका उनलाई बारबर्दिया नगरपालिका–५, सिटीबरेली क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शिवले गएराति करिव साढे १२ बजे मीनाको घरमै गएर टाउको र घाँटीमा हतियार प्रहार गरेका थिए। गम्भिर घाईते भएकी मिनालाई उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

हत्याको कारण नखुलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट