फेसवुकबाट सुरु भएको प्रेमको दुःखद अन्त्य, आफनै प्रेमीले यसरी गरे मनिषाको हत्या

दमक– २८ भदौमा झापाको विर्तामोडमा मारिएकी इलामकी १९ वर्षीया किशोरी र उनको हत्या गरेका किशोर अढाई वर्षदेखि प्रेम सम्वन्धमा रहेको खेलेको छ। उनीहरु फेसवुकमार्फत नजिकिएका थिए।

कैलालीको गौरीगङ्गा नगरपालिका–३ का २० वर्षीय अनिल विकले सामान्य विवादमै प्रेमिका इलामको सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनीषा लोहारको हत्या गरेका थिए। उनीमाथि अर्जुनधारा नगरपालिका–६, को महानन्द चौकमा छुरा प्रहार भएको थियो।

फेसवुकबाट नजिक भएका उनीहरुको भेटघाट भने बाक्लै हुने गरेको थियो। अनिलका बुबाआमासहित परिवारै भारतमा वस्दै आएका छन्। उनी पनि सिलिगुडीमा कपडाको मार्केटिङ गर्ने भएकाले आउजाउ गरिरहन्थे।

यता, मनीषाको घर इलाम भएपनि बिर्तामोड नगरपालिका– ५, पाथीभरा टोलमा बसेर म्यानपावर कम्पनीमा काम गर्थिन्। दुवैको उमेर र जातले मिलेपनि स्वभावका कारण सम्वन्धमा खटपट आएको पाईएको छ। अनिलको स्वभाव अलि छिटो रिसाउने र झनक्क गर्ने स्वभावका कारण मनिषा खासै खुसी थिईनन्।

२८ भदौमा पनि अनिलले आवेशमा आएर मनिषामाथि छुरा प्रहार गरेको खुलेको छ। बाटैमा भेटघाट भएका उनीहरु गफ गर्दै हिडिरहेका वेला विवाद भएको थियो। त्यसैक्रममा आवेशमा आएर छुरा प्रहार गरेको अनिलले वताएका छन्।

तर, मनिषाका साथीको भनाई भने फरक छ। अनिलले अटोबाट उत्रिएर मनीषालाई छुरा हानेको उनीहरुले वताएका छन्। मनिषमाथि छुरा प्रहार गरेर अनिल भाग्ने तरखरमा थिए। तर, उनलाई स्थाानीयले घेरेर कुटपिट गरे।

कुटपिटका कारण घाईते भएका अनिलको हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। उनको टाउकोमा ४ टाँचा लागेको छ। छुरा प्रहारबाट घाईते भएकी मनिषको भने विर्तामोड स्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट