हाडनातामा पर्ने १४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २५ वर्षीय युवकलाई १५ वर्ष कैन

काठमाण्डौं — हाडनाता पर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हेटौंडाका एक युवकलाई १५ वर्षको कैद सजाय भएको छ।

जिल्ला अदालत मकवानपुरले ती युवकलाई पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलाशले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ का ती युवकले १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको हो।

अदालले हाडनाता बलात्कारमा १३ वर्ष र बालिका बलात्कार गरेकोमा थप २ वर्ष गरी १५ वर्ष कैद गर्ने फैसला गरेको हो। उनी असोज ०७९ पक्राउ परेका थिए। जिल्ला अदालत मकवानपुरको आदेशले कात्तिक ०७९ देखि उनी पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट