बारामा बस दुर्घटना हुँदा ४३ जना घाईते

जनकपुर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा गएराती यात्रुबस पल्टिँदा ४३ जना घाईते भएका छन्। घाईते मध्ये ८ जना गम्भीर घाइते भएका छन्।

काँकडभिट्टाबाट दाङ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस राती १ बजे अनियन्त्रित भई पुलबाट तल खसेको थियो। बस दुर्घटनामा सबै यात्रु घाईते भएका हुन्। घाईतेहरुको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सिटी अस्पताल निजगढमा उपचार भईरहेको छ।

सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा ३४ जना उपचाररत छन्। गम्भिर अवस्थाका ६ सहित अन्य घाईतेको सिटी अस्पताल निजगढमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुशवाहाले जानकारी दिए।

बसको अगाडिको पत्ता भाँचिएर दुर्घटना भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट