खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सेरिएर आत्महत्या गर्न खोजेका श्रीमानको अवस्था गम्भिर

विराटनगर– धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेका एक युवकले गएराति करिब ११ बजे श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्याको प्रयास गरेका छन्।

२९ वर्षीया विजय दर्जीले खुकुरी प्रहार गरी श्रीमती २५ वर्षीया सरिता दर्जीको हत्या गरेका हुन। खुकुरी प्रहारबाट गम्भिर घाईते भएकी सरितालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको थियो।

उपचारका क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए। श्रीमतीलाई आक्रमण गरेपछि विजयले आफैंलाई पनि खुकुरीले हानेको पाईएको छ।

विजय पनि घाईते भएकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भईरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सामान्य घरझगडा भएपछि विजयले खुकुरी झिकेर प्रहार गरेको पाईएको छ।

उनीहरूका ५ र ११ वर्षका दुई छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट