सहकारीको ९ करोड हिनामिना गरी श्रीमतीसँग डिभोर्स गरेर २ वर्षदेखि वेपत्ता विराटगरका कर्ण पक्राउ

विराटनगर– करिव ९ करोड रुपैंयाँ हिनामिना गरेको आरोप लागेपछि २ वर्षदेखि फरार रहेका मोरङको विराटनगरस्थित माछापुछ्र्रे सहकारीका अध्यक्ष ५० वर्षीय अम्लेश कर्ण पक्राउ परेका छन्।

२ वर्षदेखि लुकेर बसेका उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। सहकारीका १ हजारभन्दा वचतकर्ताको ९ करोड रुपैयाँभन्दा वढि रकम हिनामिना गरेर ब्यक्तिगत रुपमा प्रयोग गरेको आरोप उनीमाथि छ।

सहकारीमा समस्या देखिन थालेपछि उनी फरार थिए। कर्णसहित २६ जना विरुद्ध ५० जनाभन्दा वढि वचतकर्ताले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन्। तर, हालसम्म पक्राउ पर्ने कर्ण मात्रै हुन। पक्राउ पर्नासाथ उनी विरामी परेको बहाना बनाएर अस्पताल भर्ना भएका छन्। रक्तचाप बढेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ।

शारीरिक सुगठन र मोडलिङ क्षेत्रबाट सहकारीमा प्रवेश गरेका कर्णलाई कुनै स्वास्थ्य समस्या भने नरहेको उनी निकट स्रोतकै दावी छ। सम्पर्क र पहुँचका आधारमा अस्पताले पनि उनलाई आईसीयूमा राखेर उपचार गर्न सुझाव दिएको जनाईएको छ।

यसको सवै चाँजोपाँजो भने कर्णका साथीसमेत रहेका नेपाल प्रहरीका एक जना एसएसपीले मिलाएको स्रोतको दावी छ। सहकारी ठगीमा संलग्न अन्य भीआईपीसरह उनले पनि श्रीमतीसँग कागजी डिभोर्स गरेका छन्। सहकारीमा ठगी गरेको धनसम्पत्ति उनले श्रीमतीकै नाममा राखेको पीडितहरु वताउँछन्।

कर्णले ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि स्वन्तन्त्र उम्मेदवारी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट