विवाहको १७ वर्षपछि सीके राउतले श्रीमतीलाई भने– तिमिसँग संस्कार मिलेन, डिभोर्स गर्नैपर्छ

राजविराज– जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सीके राउत (चन्द्रकान्त राउत) ले विवाहको १७ वर्षपछि श्रीमतीसँग ‘रीतिरिवाज र संस्कार नमिलेकाले सम्वन्ध विच्छेद गर्नुपर्छ’ भन्दै प्रश्ताव गरेको खुलेको छ।

उनले आफुहरुको बीचमा संस्कार, रीतिरिवाज, अपेक्षा, इन्ट्रेष्ट र शौखसमेत नमिलेको लिखित प्रश्तावमा उल्लेख गरेका छन्। गत १ भदौमा लेखेको प्रश्तावमा उनले वितेको १७ वर्षमा आफुले सक्नेसम्मको टर्चर सहेको र अव त्यो क्षमता नरहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्–‘१७ वर्ष में जितनी मेरी क्यापासिटी थी यातना झेलने की, वह मैने झेल लिया। अब मेरे बरदाश्त से बाहर है।’

उनले हालसम्म दुई मध्ये कसैको पनि स्वभावमा सुधार नभएको उल्लेख गर्दै अव त्यसको सम्भावना समेत नभएको लेखेका छन्। राउतले श्रीमतीसँग जिवन चलाउनका लागि लिखित सम्झौता नै गरेको उक्त प्रश्तावमा उल्लेख छ।

‘न तो तुम बदल सकती हो, न तो मैं ही बदल सकता हूँ। सुधरने की कोई सम्भावना ही नहीं कि चलो एक बार और रिश्ताको मौका देकर देखा जाय। बार–बार मिलजुल कर देख ही लिये’ उनले लेखेका छन्–‘लिखित कन्ट्राक्ट करके देख लिये, हम दोनों में सुधार की कोई गुन्जाइस ही नहीं है। मेरा मानना है कि मैं जो भी बेस्ट कर सकता था, मैने किया। इसलिये मुझसे उससे ज्यादा की अपेक्षा किया ही नहीं जा सकता है।’

श्रीमती सोनीलाई उनले गरेको प्रश्तावमा विभिन्न आधारहरु प्रस्तुत डिभोर्स गरेर अलग वस्ने निर्णय लिनै पर्ने दबाब दिएका छन्। ‘हमें डिभोर्स लेकर अलग रहनेका निर्णय करना ही होगा। और मैं हरेक शर्त मानने को तैयार हूँ’– उनले लेखेका छन्। राउतले श्रीमतीलाई पठाएको लिखित प्रश्ताव शीर्षखबरसँग सुरक्षित छ।

बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट पीएचडी गरिरहेका सीके राउतले ०६४ सालमा भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला सिमरिया ग्राम पंचायत वडा नं. ३ की सोनीसँग सामाजिक रितिरिवाजअनुसार विवाह गरेका थिए।

उनीहरुका १३ वर्षका छोरा एवम् १० र ७ वर्षका छोरी छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट