कैलालीबाट झापा आएर अनिलले गरे प्रेमीकाको हत्या, स्थानीयको आक्रमणमा आफु पनि घाईते

दमक– प्रेममा धोका पाएपछि एक युवकले कैलालीबाट झापा पुगेर प्रेमीकाको हत्या गरेको खुलेको छ। अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चौकमा शुक्रवार साँझ इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलकी १९ वर्षीया मनिषा लोहारको हत्या भएको थियो।

बिर्तामोड–५ स्थित पाथिभरा टोलमा बस्दै आएकी मनिषाको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी कैलालीबाट आएर मनिषको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रेममा धोका खाएपछि आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको झापा प्रहरीका एसपी मिलन केसीले बताए। अनिलले आफू बिर्तामोडतिरै नै बस्ने गरेको दाबी गरे पनि उनी पहिलो पटक झापा आएको अनुसन्धानले देखाएको एसपी केसीले बताए।

एसपी केसीका अनुसार लोहारलाई पटक– पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियत्रन्त्रणमा लिएका थिए। त्यसक्रममा विकमाथि कुटपिट पनि भएको छ। कुटपिटबाट टाउकोमा चोट लागि गम्भिर घाइते भएका उनको बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचार भईरहेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट