झापामा प्रेममा खटपट भएपछि प्रेमीले गरे प्रेमीकाको हत्या, स्थानियले कुटपिट गर्दा प्रेमी घाईते

दमक– झापामा एक युवकले छुरा प्रहार गरी प्रेमीकाको हत्या गरेका छन्। अर्जुनधारा नगरपालिका–६ महानन्द चोकमा प्रेमी २० वर्षीय अनिल विकले छुरा प्रहार गरी प्रेमिका १९ वर्षीया मनिषा लोहारको हत्या गरेका हुन।

इलामको सूर्योदय नगरपालिका–१०, फिक्कलकी १९ वर्षीया मनिषा बिर्तामोडमा अस्थाई वसोबास गर्दै आएकी थिईन। अनिलको घर भने कैलालीको गौरीगंगा नगरपालिका–३ रहेको पाईएको छ।

प्रेम सम्वन्धमा खटपट आएपछि अनिलले शुक्रबार साँझ करिव पौने ७ बजे मनिषामाथि छुरा प्रहार गरेका थिए। गम्भिर घाईते भएकी उनलाई उपचारका लागि विर्तामोड स्थित बिएण्डसी अस्पताल भर्ना गरिएको थियोे। उपचारका क्रममा साँझ ७ बजे नै उनको मृत्यु भएको जनाईएको छ।

छुरा प्रहार गरी भागेका अनिललाई स्थानीयले कुटपिटसमेत गरेका छन्। कुटपिटबाट उनी घाइते भएका उनको बीएन्डसी अस्पतालमै उपचार भइरहेको छ। प्रेम सम्बन्धमा आएको दरारका कारण अनिषामाथि छुरा प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट