५ वर्षअघि सम्वन्ध विच्छेद गरेको भनिएकी श्रीमतीको ऋण १ महिनाअघि धनराज आफैं गएर तिरेको खुलासा

काठमाण्डौं– ललितपुरको महालक्ष्मी नगरपालिका–५, महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलन गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ‘फेक डिभोर्स’ गरेको प्रमाणित हुँदै गएको छ।

गुरुङको भनाई एकातिर र गराई अर्कैतिर देखिएपछि उनको झुठ नाङ्गिन थालेको हो। धनराजले श्रीमती ज्योति गुरुङसँग ५ वर्षअघि सम्बन्ध बिच्छेद भएको बताउँदै आएका छन्। उनका अनुसार २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भएको हो।

ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका गुरुङको दावी सहकारीको स्थलगत निरिक्षणका क्रममा भने झुठो प्रमाणित भएको छ। निरीक्षणका क्रममा अवस्था देखिएको छ।

डिभोर्स भएको भनिए पनि एक महिनाअघि मात्रै श्रीमतीको नाममा रहेको ऋण धनराज आफैंले सहकारीमाा पुगेर तिरेको फेला परेको छ। सहकारीका अध्यक्ष कुम्भराज गुरूङले उनीहरुको डिभोर्स नै नभएको र कानुनी दाउपेचका लागि कागज मात्रै बनाएको दावी गरे।

अध्यक्ष गुरुङलाई यसअघि समितले बोलाएर पनि बयान लिएको थियो। त्यसक्रममा अध्यक्ष गुरुङले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने भनी गरेको सम्झौताबारे जानकारी गराएका थिए।

समितिका सदस्य राजन दाहालले सक्कली सम्बन्ध बिच्छेद नभएर ‘सहकारी डिभोर्समात्र रहेछ’ भन्दै टिप्पणी गरेका छन्। स्रोतका अनुसार पूर्वकानुनमन्त्री समेत रहेका धनराजले मन्त्री भएका बेला ८० लाख रूपैयाँको चेकसमेत सहकारीमा जम्मा गरेका थिए।

ज्योति र धनराजले करीव ११ करोड रकम बिटक्वाइनमा लगानी गरेको स्रोतको दावी छ। सो रकम ज्योतिले जितेन्द्र भण्डारी भन्ने व्यक्तिमार्फत थाइल्यान्ड पु–याएको अध्यक्ष गुरुङले समेत दावी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट