१२ वर्षीया घरेलु कामदार बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका इन्स्पेक्टर धरौटीमा रिहा

काठमाण्डौं– १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर शिवाकोटीलाई अदालतले धरौटीमा छोडेको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको विहिबारको इजलासले इन्सपेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनी बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन्।

शिवाकोटीलाई १९ असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनिमाथि आफ्नो घरमा काम गर्न राखिएकी १२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोप छ।

२३ जेठमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि बलात्कार भएको सार्वजनिक भएको थियो। नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा ती बालिकालाई इन्सपेक्टर शिवाकोटीले घरेलु श्रमिकका रुपमा राखेको खुलेको थियो।

६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी तराई मूलकी ती बालिकाले त्यसैवेला महानगरका कर्मचारीहरुसँग सम्पर्क नम्बर लिएकी थिइन्। पछि उनले नै सम्पर्क गरेपछि महानगरपलिकाका कर्मचारीसहितको टोलीले उनलाई उद्वार गरेको थियो।

घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी उनकै बयानका आधारमा स्वयम्भु प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको थियो। ४५ वर्षीय शिवाकोटीले आफूलाई ३ वर्षदेखि पटकपटक बलात्कार गरेको बालिकाले बयानमा खुलाएकी छिन्।


प्रतिक्रिया

One thought on “१२ वर्षीया घरेलु कामदार बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका इन्स्पेक्टर धरौटीमा रिहा

  1. Rastra sewak ko chartikala esto cha Nepal maa thyaitt .. 😊 Ani desh ko kaanoon chai k ho yesto ? Normal manchey lai chai galti chaina raicha kunai case maa vanepani aru ko source force , neta giri garera vaye pani sajaayaa sunaairako hunxan. Ani yaha ta jhan proof sahit bichara tyo nabaalika nani le sabai kura nidarr vayera aafai swoyam le vanda pani culprit lai xod diney ? Kasto prakaar ko justice ho yo ? Inspector ho ta k vayo ra ? Galti gareko xa ra punishment ko daayaraa maa pareko xa vane ettikai dharauti vandai esari rihaa garnu milxa ra? Khoi ta justice , khai ta tyo nani ko chitkaar suneko Adalat le ? Yahi ho Nepal ko LAW? Yo ekdamai garna nahuney kaam gareko xa Adalat le ani tyo judge ko ho tesley pani .. Tyo judge lai chai ekdamai kada kaarbaahi hunparcha ra tesley kati ghoos khaayera yo sab garyo tyo pni publicly saarwajanik hunuparcha taaki aru officials haru lai pni aavash hosh ki kaanun sabaiko lagi equal ho ra sabailai laagu huncha chaahey jo sukai hoss.. 😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट