सीके राउत अदालत पुग्नुको यस्तो छ भित्री कारण, डिभोर्सका लागि सोनीले विषसमेत खाएको खुलासा

काठमाण्डौं– जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्य डा. सिके राउतले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्धा दायर गरेको विषय बुधबारदेखि समाजिक सञ्जालमा चर्चामा छ।

उनले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका छन्। तर, राउतभन्दा पहिला उनकी श्रीमती सोनी सिन्धु रानीले पटक–पटक सम्वन्ध विच्छेदका लागि माग गरेको खुलेको छ। जानकारी अनुसार सोनीले ०७० सालमै डिभोर्स मागेको राउतको फिरादपत्रमै उल्लेख छ।

श्रीमतीले बारम्बार डिभोर्स दिन दबाब दिएपछि अध्यक्ष राउतले मुद्धा दर्ता गराएको अदालत स्रोतले जनाएको छ। सोनीले डिभोर्स माग्दै विष सेवन समेत गरेको स्रोतले जनाएको छ।

सोनी भारतीय नागरिक हुन्। उनीहरुका एक छोरा र दुई छोरी छन्। राउतको फिराद पत्रमा भने श्रीमती घरमा बस्न नमान्ने, बाहिर मात्रै बस्ने, माइत गइरहने, बालबच्चा नहेर्ने लगायतका कारण सम्बन्ध बिच्छेद गर्नु परेको उल्लेख छ।

सप्तरीको महदेवा गाउँमा जन्मेका डा. राउत लामो समय अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए। उनी सन् २०११ को अन्त्यतिर राजीनामा दिएर नेपाल फर्किएका हुन। अमेरिकामा रहँदा उनी गैरआवासीय मधेशी संघका संस्थापक अध्यक्ष भए। ललितपुरको पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका थिए।

पछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा अध्ययनका लागि जापान गए। जापानबाट फर्किएपछि सन् २००४ को अगस्टमा गेरू वस्त्र लिएर आध्यात्मिकताका लागि भारतको कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपवर्ती प्रशान्ति निलयमसम्म पुगे। त्यसैक्रममा उनले आफ्नो आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ लेखेका थिए।

केही समयपछि उनी फेरि जापान फर्किए। जापानमा अध्ययनकै क्रममा उनी बिरामी परे। अस्पतालमै उनले आफ्नो थेसिस लेखे। जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिभर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट पनि भए। सिके राउत पहिलोपटक गाउँबाट इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा नेपालमा भारतीय कलाकार ऋतिक रोशन काण्ड भएको थियो । उनी जापान जाने क्रममा इराकका आतंकवादीहरुले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो।

ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिँदै आत्मकथामा पनि यी उल्लेख गरेका छन्। अमेरिकाबाट नेपाल फर्किएपछि भने राउत विखण्डनको पक्षमा बोल्न थाले। उनले मधेशलाई स्वतन्त्र राष्ट्र घोषणा गर्न माग गर्न थाले। पछि सरकारसँग सहमति गर्दै उनी शान्तिपूर्ण राजनीतिमा स्थापित भएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट