पुजाको रोटी र तरकारी खाँदा ५९ जना विरामी, ७ जना अझै अस्पतालमा

दमक– झापाको अर्जुनधारामा पूजाको रोटी, अचार र तरकारी खाएका ५९ जना विरामी परेका छन्।

अर्जुनधारा नगरपालिका– ९, खरबन्दीकी रिता निरौलाको घरमा मंगलबार लगाएको पूजाको प्रसाद खाँदा उनीहरु बिरामी परेका हुन। अधिकांशलाई झाडापखाला, बान्ता र ज्वरो आएको थियो।

विरामीको बिर्तामोडस्थित बिएन्डसी र मनमोहन अस्पताल, शनिश्चरे अस्पताल तथा नगरको स्वास्थ्य शाखा प्रमुखसन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भएको छ। विरामी मध्ये बिहिबार बिहानसम्म ५२ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

१६ वर्षीय नीरज निरौला, ५२ वर्षीय कमला कटवाल, २४ वर्षीया विद्या कटवाल, ९ वर्षीय उत्सव काकी, ८ वर्षीया आहना भट्टराई, ७ वर्षीय राजन आचार्य लगायत ५२ जना डिस्चार्ज भएका छन्।

वर्ष १८ की गोमा भुजेल, वर्ष–५५ की दुर्गा भुजेल, वर्ष ४० की तारा बस्नेत, वर्ष १५ का रिवस बाराकोटीको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ। यसैगरी वर्ष ४१ की गोमा भट्टराई र वर्ष २६ की मनिता कार्कीको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भिष्म मिश्रले पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट