अमेरिकामा वेपत्ता ममता काफ्लेको खोजतलासमा महत्वपूर्ण सुराक भेटियो, प्रहरी उत्साहित

काठमाण्डौं– अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट बेपत्ता भएको भनिएकी नेपाली नर्स ममता काफ्लेको अनुसन्धानमा प्रहरी उत्साहित देखिएको छ। मनसास पार्क प्रहरीले अनुशन्धानलाई सहयोग पुग्ने महत्वपूर्ण सूचना प्राप्त भएको जनाएको छ।

प्रहरीले एक सूचना जारी गर्दै काफ्लेबारे महत्वपूर्ण सूचना र लिडहरु फेला परिरहेको उल्लेख गरेको छ। केहीअघि एक जना व्यक्तिले अनुशन्धानमा एकदमै सहयोग पुग्ने जानकारी लिएर आएको उललेख गरेको प्रहरीले यसबाट प्रहरी उत्साहित भएको जनाएको छ।

प्रहरीले थुनामा रहेका ममताका श्रीमान् नरेश भट्टसँग २८ जुलाइदेखि ५ अगस्टसम्म सम्पर्क गर्नेहरुसँग पनि सहयोग मागेको छ। सूचनामा भनिएको छ, ‘हामी त्यस्ता व्यक्तिहरु खोजिरहेका छौं, जोसँग अहिलेसम्म डिटेक्टिभहरुले सम्पर्क गरेका छैनन्।’

प्रहरीले यो बीचमा ठाउँ–ठाउँमा सर्च अपरेशन चलाइरहेको छ। ब्लुम्स क्रसिङ कम्युनिटी, मनसास क्रिस्चियन स्कुल, क्याम्प करोन्डेलेट, ब्लुम्स पार्क लगायतका क्षेत्रमा प्रहरीले ममताको शव हुन सक्ने आशंकामा खोजी गरिरहेको छ।

अनुसन्धानसँग सम्बन्धित प्रमाण फेला पर्न सक्ने शंकामा ती क्षेत्रमा खोजी जारी राखिएको प्रहरीको भनाइ छ। अनुसन्धान अधिकृतले ती क्षेत्रलाई काफ्लेको खोजीमा चासोको स्थान भएको जनाएका छन्। तर, प्रहरीले त्यहाँबाट संकलन गरेका विषयहरु अनुसन्धानका लागि सहयोगी भए वा भएनन् भन्नेबारे केही बताएको छैन।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो। अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरी निष्कर्ष छ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ। अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ।

हालसम्म ममताको हत्याको पुष्टि भने भईसकेको छ्रै्रन। नरेशलाई मानव शरीर लुकाएको कसुरमा मात्र मुद्दा चलाईएको छ। उनी पक्षका वकिलहरुले यसमा भट्ट निर्दोष भएको दाबी गर्दै अदालतमा यथाशीघ्र सुनुवाइ गर्न पाउनुपर्ने माग राख्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट