बालेन्द्र साहले ड्रग्सको नसामा जथाभावी लेख्ने गरेको एमालेका विद्यार्थी नेताको आरोप

काठमाण्डौं– नेकपा एमालेका विद्यार्थी नेता समिक बडालले काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ड्रग्सको नशाका सूरमा सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने गरेको आरोप लगाएका छन्।

अनेरास्ववियुका अध्यक्ष बडालले बालेन्द्रले अशिष्ट तथा छाडा कुरा लेख्ने गरेको आरोप लगाएका छन्। नदी किनाराका बस्ती खाली गर्ने सम्बन्धी विवादमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि बालेन्द्रले निरन्तर आक्षेपपूर्ण स्ट्याटस लेखेपछि बडालले त्यसको जवाफ दिएका हुन।

अध्यक्ष बडालले सर्वोच्चको फैसला पुनरावलोकनका लागि भ्याकेटको निवेदन लिएर जान पूर्ण पाठ आउनुपर्ने स्मरण गराउँदै जनतालाई दिग्भ्रमित पार्ने तथा मुख छाड्ने काम नगर्न बालेन्द्रलाई चेतावनी दिएका छन्। यो कुरा वुझ्न पहिला नसाबाट वाहिर निस्कन पनि उनले आग्रह गरेका छन्।

‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईं काठमाडौंको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ। न त तपाईंलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ। काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौं खर्च गरेर साइबर बुलीङ चलाउनुभयो। जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न।’– वडालले फेसवुकमा लेखेका छन्।

उनले अगाडि थपेका छन्–तपाईंको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ, ‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो ! आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ। आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २ः३० बजे बैंगलोर उड्नुभयो। यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो। अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्णपाठ आएको दुई महिनामा हो। फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ ।’

बडालले बुधबार आफ्नो सर्टिफिकेटको नाम सच्याउन बालेन्द्र हाल बैंगलोर गएको दाबीसमेत गरेका छन्। केही समयअघि बडालले बालेन्द्रको सचिवालयबाटै केही फेसबुक पेज सन्चालित भएको र फेक सूचना जारी गरेको भन्दै रिपोर्टसमेत गरेका थिए। त्यसपछि ट्रोल नेपाललगायत केही पेज एकाध दिन बन्द समेत भएका थिए।
यसैबीचमा बालेन्द्रको स्टाटस पनि हटेको थियो। त्यसको दोस उनले एमालेलाई लगाएका थिए। तर, पछि उनको स्टाटस रिकभर भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट