पूर्वमुख्यमन्त्री कार्कीको अनसनमा प्रशासनको हस्तक्षेपपछि दोहोरो झडप

विराटनगर– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनस्थलमा स्थानीय प्रशासनले हस्ताक्षेप गर्दा झडप भएको छ।

निषेधित क्षेत्रमा आमरण अनशन बसेका कार्की र उनका समर्थकलाई त्यहाँबाट हट्न स्थानीय प्रशासनले आग्रह गरेको थियो। माइकिङ गर्दा पनि नहटिकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो। त्यस क्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएको छ।

कार्कीका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुडा गरे भनेसुरक्षाकर्मीले लाट्ठी चार्ज गरेको छ। झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन्। कार्की समर्थक १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफू नेतृत्वको सरकारले शुरु गरेको योजना काटेको भन्दै कार्की आज ४ बजेदेखि आमरण अनशनमा बसेका थिए। प्रदेश सभा अगाडि बनस्खण्डी मन्दिर छेउमा अनशन बसेका कार्कीलाई प्रहरीले बल प्रयोग गरेर अनसन स्थलबाट हटाउन खोजेको थियो।

उनी आमरण अनसशनमा बस्ने थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले आजै प्रदेश सभा आसपास निषेधाज्ञा जारी गरेको थियो। यस अघि पनि संवेदनशिल क्षेत्रको रुपमा लिँदै सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा लगाँउदै आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट