नेपाल प्रहरीका डीएसपीको आतंकवादी संगठनसँग कनेक्सन, नेपालमा कति छन आईएसआईका एजेन्ट ?

काठमाण्डौं– आतंकवादी गतिविधिमा संलग्न अतिवादी संगठन आइएसआइएस (इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया) सँग नेपाल प्रहरीका वहालवाला डीएसपी नै जोडिएको विषयले अहिले प्रहरी संगठनमा टाउको दुखाईको विषय भएको छ।

अन्तरदेशीय अपराधविरुद्ध लड्न बनाइएको प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’को नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरले नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाहीसहित तीन जना नेपाली आईएसआईएसको मतियार भएको दावी गरेको छ।

एनसिबी सिंगापुरले नेपाल प्रहरीलाई पत्राचार गर्दै अनुसन्धानका लागि आग्रह गरेको छ भने कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह डीएसपी शाहीको नामै तोकेर उनीहरुको बायोडाटा मागेको छ। महेन्द्र र दीपेन्द्र दाजुभाई (काकाबडाउका छोरा) हुन। महेन्द्रजंग करिव २० वर्षदेखि दुवई–मलेसियामा वस्दै आएका छन्। उनी गैरआवासीय नेपाली संघ मलेसियाको पूर्वअध्यक्ष समेत हुन्।

डीएसपी शाही भने संगठनभित्र विवादित प्रहरी अधिकृत हुन। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत शाही इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख हुँदा दीपेन्द्रसँग परिचय भएको थियो। उनीमार्फत महेन्द्रको सम्पर्कमा पुगेको जनाईएको छ।

उनले प्रहरी निरीक्षकको तालिममै आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए। इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए। त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा खसी काण्डमा मुछिएका थिए।

तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बढेको थियो। जानकारी अनुसार, ०७६ कात्तिकको तेस्रो साता कोहलपुरको नमस्ते भिलेज रिसोर्टमा तरुण दलका कार्यकर्ता र प्रहरी टोलीबीच लफडा भएको थियो। शाहीको टोलीले तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गरेको थियो।

सो घटनामा शाहीले आफैंले हतियार राखेर सन्दीपजंगसहितको टोलीलाई फसाएको आरोप लाग्यो। शाहीले दसैंमा तरुण दलका नेपालगञ्ज कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको र खशी नदिएपछि सन्दीपजंगलगायत केशर खड्कासँग उनी रुष्ट भएर फसाएको आरोप थियो।

यता, महेन्द्र, दीपेन्द्र र हेमबहादुर मात्र होईन, नेपालका अन्य व्यक्तिहरू पनि आइएसआइएससँग जोडिएको आशंका गरिएको छ। इराक, सिरिया र अन्य देशका समेत गरेर दुई लाखभन्दा बढी मानिस आबद्ध रहेको आइएसआइएससँग झन्डै ४० हजार सैनिक रहेको बताइन्छ।

नेपाल प्रहरीका प्रबक्ता डीआईजी दानबहादुर कार्कीले नेपाल प्रहरीका एक डिएसपीको आइएसआइएससँग जोडिएका व्यक्तिसँग सम्पर्क देखिएको विषयमा आन्तरिक रूपमा अनुसन्धान भइरहेको बताएका छन्। अन्य आशंकित व्यक्तिमाथि पनि अनुसन्धान भईरहेको उनले बताए।

यो पनि,

खसी काण्डमा मुछिएका डीएसपीको आतंकवादीसँग सम्वन्धः सिंगापुर प्रहरीको खोजीमा हेमबहादुर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट