इन्धन ट्यांकरका चालक र सहचालकमाथि आक्रमण, छुरा प्रहारबाट घाईते दुवै अस्पताल भर्ना

काठमाण्डौं– कैलालीमा इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि अज्ञात समुहले आक्रमण गरी घाईते बनाएको छ। धारिलो हतियार प्रहार गर्दा गम्भिर घाईते भएका दुवैलाई अस्पताल भर्ना गरिएको हो।

कैलालीको धनगढीमा से ६ प ९३९७ नम्बरको बुलेट र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गर्दा ना ६ ख ९४०६ नम्बरको ट्याङ्करका चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवा घाइते भएका हुन्।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। गएराति करिव साढे ११ धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक घट्ना भएको हो। दुई वटा मोटरसाईकलमा आएको समुहले चालक र सहचालकलाई आक्रमण गरेको जनाईएको छ।

उनीहरुले पार्किङ गरी राखिएका ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नं.को ट्याङ्कर पनि तोडफोडड गरेको जनाईएको छ। घटनामा संलग्न र्२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट