उर्लाबारीमा सौतेनी आमाको खुकुरी प्रहारबाट बालिका घाईते

विराटनगर– मोरङमा सौतेनी आमाले खुकुरी प्रहार गर्दा एक बालिका गम्भिर घाइते भएकी छिन्।

उर्लाबारी नगरपािलका–२, सत्रघरेमा ४० वर्षीया जशोदा लिम्बूले १५ वर्षीया छोरी विनिता लिम्बुलाई खुकुरी प्रहार गरेकी हुन। विनिताको टाउकोमा खुकुरी प्रहारबाट गम्भिर चोट लागेको छ। स्थानीयका अनुसार विनिता जशोदाकी सौताकी छोरी हुन।

मादक पदार्थ सेवन गरेर जशोदाले छोरीमाथि खुकुरी प्रहार गरेको जनाईएको छ। विनितालाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा भर्ना गरिएको छ। घाइते बालिकाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

जशोदालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट