झापामा अर्काको गोठको गाई चोरी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

दमक– झापाको दमकमा गाई काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

दमक नगरपालिका–५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्टलाई चोरी र गौ हत्याको आरोपमा पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय दमकले गाई काट्ने हतियार, जोख्ने तराजु र केही मासुसहित विष्टलाई पक्राउ गरेको हो।

मंगलबार राति दमक–२ का ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्बर १ स्थित गोठबाट गाई चोरी भएको थियो। खोजतलास गर्दा गाई काटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट