विर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

दमक– झापाको बिर्तामोड नगरपालिकामा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ।

बिर्तामोड–४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो। ज्वरो आएपछि रगत परीक्षण गराउँदा बालकलाई डेंगु संक्रमण पुष्टि भएको थियो। त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा ४ दिनसम्म उपचार गराइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर स्थित नोवल हस्पिटलमा भर्ना गरिएका बालकको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको हो। न्यूटन्स एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत बालकको मृत्यु भएका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताए।

आलोकको मृत्युसँगै यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट