पूर्वमुख्यमन्त्रीको घरमा आक्रमणपछि मणिपुरमा फेरी भड्कियो हिंसा, आज ५ जनाको मृत्यु

काठमाण्डौं– भारतको मणिपुर राज्यका पूर्वमुख्यमन्त्री मैरेमबाम कोइरेंगको घरमा आक्रमणको भोलिपल्ट शनिबार त्यहाँ (सेप्टेम्बर ७) फेरि हिंसा भड्किएको छ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार जिरिवाम जिल्लामा आज बिहान भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा ५ जनाले ज्यान गुमाएका छन्। इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा भीडले आक्रमण गरेपछि जवाफी कारबाहीमा ५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार पहिलो घटना जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा जिरिवाममा भएको हो संदिग्ध पहाडी लडाकुहरूले घरमा घुसेर सुतिरहेका कुलेन्द्र सिंह नामका वृद्धलाई गोली हानेर हत्या गरेका छन्। उनी घरमा एक्लै बस्थे ।

वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो। जसमा ४ जनाको मृत्यु भएको छ। बिहानैदेखि उक्त क्षेत्रमा लगातार गोली चलेको खबर दैनिक भास्करले छापेको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट