अनाधिकृत रुपमा माछा मार्न गएका चितवनका २ जना राप्ती नदीमा बेपत्ता, एक जना पौडिएर बाँचे

चितवन– चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीको धरमपुर जमुनाघाटमा माछा मार्न गएका दुई जना वेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन।

उनीहरुसँगै शुक्रवार दिउँसो २ बजे नदीमा माछा मार्न गएका थिए। स्थानीय २८ वर्षीय रोहितकुमार चौधरीले उनीहरु वेपत्ता भएको र आफु पौडिएर बाँचेको बताएका छन्। बेपत्ता भएकाहरुको खोजी भईरहेको छ। तर, हालसम्म भेटिएका छैनन्। शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी गरिरहेको जनाईएको छ।

इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार रोहीतको सूचनाका आधारमा शुक्रबार राती देखि नै उनीहरुको खोजी भईरहेको छ। खोजीमा स्थानीयबासी, हात्ती र मोटरबोटको सहयोग लिईएको प्रहरीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिले मात्रै माछा मार्न पाउँछन। अनाधिकृत ब्यक्ती प्रवेश गर्न पाइँदैन।

तर निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरु प्रशासन तथा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै माछा मार्न, निगुरो, घाँस, दाउराका लागि निकुञ्जभित्र प्रवेश गर्ने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट