बसको ठक्करबाट ७ वर्षीय बालक र उनकी हजुरआमाको मृत्यु

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट नाती–बजुको मृत्यु भएको छ।

बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा शुक्रबार राती ना ७ ख २५२५ नम्बरको बसले गैडाकोट– ११ का सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी मामाघरकी हजुरआमा ५५ वर्षीया श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट विशालको घटनास्थलमै मृत्यु भएको थियो। बालककी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया गम्भीर घाइते भएकी थिईन। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो।

उपचारका क्रममा राति श्रीमायाँको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का डीएसपी वेदबहादुर पौडेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट