सिरहामा साईकलसँग ठोक्किएर भारतीय मोटरसाईकल दुर्घटना, एक युवकको मृत्यु

लहान– सिरहामा भारतीय मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्। हुलाकी सडकअन्तर्गत औरही गाउँपालिका– ४ मा बीआर ३२एम ३०१२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

मोटरसाइकल दुर्घटनामा पछाडि सवार सिरहा नगरपालिका– १८ का १७ वर्षीय मनिष यादवको मृत्यु भएको हो। मोटरसाइकल चालक सिरहा नगरपालिका– १८ कै २२ वर्षीय रवीन्द्र यादव घाइते भएका छन्

सिरहा बजारतिर जाँदै गरेको उक्त मोटरसाइकलले साइकल चढेर घरतर्फ जाँदै गरेका औरही गाउँपालिका– ४ का १० वर्षीय बालक सुरज ठाकुरलाई ठक्कर दिएको थियो। साईकललाई ठक्कर दिएको मोटरसाइकल सडक छेउको पिलरमा ठोक्किएको थियो।

पिलरमा ठोक्किएर मोटरसाइकल लडेपछि मनिष र रवीन्द्र घाइते भएका थिए। मनिषलाई उपचारका लागि अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। साइकल चालक बालकको दाहिने हात भाँचिएको छ।

मोटरसाइकल चालक र बालकको उपचार सिरहा प्रादेशिक अस्पतालमा भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट