केन्याको एक निजी विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

काठमाण्डौं– केन्याको एक निजी विद्यालयमा आगलागीमा परेर सुतिरहेका १७ बालबालिकाको मृत्यु भएको छ। १३ जना जलेर गम्भिर घाइते भएका छन्।

‘इण्डिपेन्डेन्ट’ का अनुसार शुक्रबार केन्याको न्युरी काउन्टीमा रहेको एउटा प्राथमिक बोर्डिङ स्कुल (हिलसाइड इनरशा एकेडेमी) मा शुक्रबार आगलागी भएको हो। कक्षा ४ देखि ८ सम्म पढ्ने नौदेखि १३ वर्षका बालबालिका दुर्घटनामा परेका हुन।

विद्यालयमा १५६ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ। केन्या प्रहरीका प्रवक्ता रेसिला ओन्यांगोले १४ जनालाई उद्दार गरी अस्पताल पठाएको बताए। आगलागीको कारण खुलेको छैन। केन्याका राष्ट्रपति विलियम रुटोले सामाजिक सञ्जालमार्फत् घटनाको पुष्टि गर्दै दुःख ब्यक्त गरेका छन्।

केन्यामा प्रायःगरी विद्यालयमा आगलागीका घटना हुने गरेका छन्। सन् २०१७ मा केन्याको राजधानी नैरोबीस्थित एक स्कुलमा भएको आगलागीमा परेर नौ विद्यार्थीहरूले ज्यान गुमाएका थिए।

सन् २००१ मा पनि नैरोबीकै क्यांगुली सेकेन्डरी स्कुलबाहिर भएको आगलागीमा परेर ५८ जनाको मृत्यु भएको थियो। सन् २०१२ मा भने उत्तरी केन्यामा रहेको एक विद्यालयमा आगलागीमा परेर आठ विद्यार्थीहरू मारिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट