वर्थिङ सेन्टरमा सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य चौकीमा तनाव, कम्पाउण्डमा शव राखेर प्रदर्शन

जनकपुर– रौतहटको गरुडा नगरपालिका–५, शिवनगरस्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि शुक्रबार तनाव भएको छ।

सुत्केरी ब्यथा लागेपछि विहिबार साँझ स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा भर्ना भएकी गरुडा–५ शिवनगरका अरबिन्द साहकी श्रीमती २५ वर्षीया रमिता देवीको शुक्रबार विहान मृत्यु भएको हो। बिहीबार साँझ उनको नर्मल डेलिभरी भएको थियो।

तर, अत्याधिक रक्तस्रावका कारण उनको स्वास्थ्य विग्रिन थालेको थियो। उनलाई थप उपचारका लागि आज बिहान वीरगन्जस्थित ईन्डो नेपाल अस्पतालमा पठाईएको थियो। तर, अस्पताल पु¥याउन नपाउँदै बिहान ९ बजे उनको मृत्यु भयो।

त्यसपछि मृतकका परिवार र उनका आफन्तले शव घर लानुको सट्टा स्वास्थ्य चौकी अगाडि राखेर प्रदर्शन सुरु गरे। चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर रमिताको मृत्यु भएकाले दोषीलाई कारवाही गर्नु पर्ने उनीहरुको माग छ।

आक्रोशित प्रदर्शनकारीले केही समय गौर–चपुर सडक खण्डमा यातायात समेत अवरोध गरेका थिए। तर, प्रहरीले तत्कालै स्थितीलाई नियन्त्रणमा लिएर सडकको अवरोध खुलाएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलीप घिमिरेले गरुडा नगरपालिकामा स्वास्थ्य चौकी र पीडित पक्षका बीचमा वार्ता भईरहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट