घरमा काम गर्न राखेकी किशोरीलाई ३ वर्षदेखि बलात्कार गर्दै आएका ब्यक्ति पक्राउ

काठमाण्डौं– घरमा काम गर्न राखेकी १७ वर्षीया किशोरीलाई विगत ३ वर्षदेखि लगातार बलात्कार गर्दै आएको आरोपमा काठमण्डौं महानगरपालिका–१४, कुलेश्वरका एक ब्यक्ति पक्राउ परेका छन्।

५४ वर्षीय ती ब्यक्तिको नाम खुलाइएको छैन। काठमाण्डौं महानगरपालिकाले सञ्चालन गरिरहेको बाल श्रम विरुद्धको अभियान अन्तर्गत तयार पारिएको प्रतिवेदनका आधारमा उनलाई घरबाटै पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पढाई दिने सर्तमा ६ वर्षदेखि घरेलु कामदारको रूपमा बस्दै आएकी काभ्रेको विकट गाउँकी ती किशोरी विगत ३ वर्षदेखि बलात्कारको पीडा सहन वाध्य थिईन।

महानगरले बालबालिकाहरूको अवस्था अध्ययनका लागिसार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरूले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन्।

विद्यार्थीले एकाघरका अभिभावक नभएका बालबालिकालाई विभिन्न प्रश्नहरू सोध्ने गरेका छन्। अनलाइमार्फत दिइएको प्रश्नमा ती किशोरीले सुरुमा सामान्य कुटपिट गर्ने, बढी काम गर्न लगाउने, गाली गर्ने जस्ता विषयमा मात्रै उल्लेख गरेकी थिइन्।

तर, बिहिबार उनले उद्धार टोलीका एक सदस्यलाई आफूमाथि बलात्कार भईरहेको विषयमा पनि कुरा गरेकी थिईन। सोही आधारमा उनलाई पक्राउ गरिएको मेयर बालेन्द्र साहको सचिवालय सदस्य धिरज जोशीले बताए। आरोपित व्यक्ति कालीमाटी प्रहरी वृत्तको हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट