मोटरसाईकलको ठक्करबाट बाटो क्रस गर्दै गरेका ४ वर्षीय बालकको मृत्यु

दमक– झापामा मोटरसाईकलको ठक्करबाट बिहिबार राती ४ वर्षीय बालकको मृत्यु भएको छ।

सुरुङ्गाबाट झापाबजार तर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं. को मोरटसाइकलको ठक्करबाट बाटो क्रस गर्दै गरेका सुन्तली टुडुका छोरा करिब ४ वर्षीय आर्यन टुडुको मृत्यु भएको हो।

विहिबार बेलुका कनकाई नगरपालिका–५, चप्परमारीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा बालक गम्भिर घाईते भएका थिए। उनलाई उपचारका लागि विर्टामोड स्थित बिएण्डसी अस्पताल लगिएको थियो।

अस्पताल पु¥याउना साथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकल चालक झापा गाउँपालिका–२ का २४ वर्षीय बसन्त मुखियालाई इलाका प्रहरी कार्यालय अनारमनीले प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट