श्रीमानले छोडेर हिडेको २ वर्षपछि निर्मलाले सन्सार छोडिन, कस्ले गर्यो आमाछोराको हत्या ?

विराटनगर– विहिबार घरमा खसी काट्ने योजना बनाएर सुतेकी उदयपुरको कटारी नगरपालिका– १० सोरुङ छविसेकी करिव ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापाको राती नै हत्या भएको छ।

वडा कार्यालय नजिकै किराना पसल सञ्चालन गरेर वसेकी निर्मला र उनका छोराको पसलमै हत्या भएको हो। आरुसको शव खाटमा रगताम्मे अवस्थामा र निर्मलाको शव भुईमा लडेको अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएका छन्। आरुसको शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट देखिएको उनीहरुले बताएका छन्।

बिहान पसलमा आएका ग्राहकले दुवैको शव देखेपछि गाउँमा हल्लाखल्ला भएको थियो। त्यसपछि ईलाका प्रहरी कार्यालय कटारीमा फोन गरेर जानकारी गराईएको थियो। स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म निर्मलाकै फोनबाट उनका देवरहरुसँग कुरा गरेका थिए।

उनको घर पसलबाट करिव ३ सय मिटरको दुरीमा छ। विहान घरमा खसी काट्ने सल्लाह गरेर उनीहरु बुधबार पसलमै सुतेको खुलेको छ। जानकारी अनुसार उनीहरुले ‘बिहान आउँछौ’ भनेका थिए।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार निर्मलाका श्रीमान अशोक घरमा छैनन्। दोस्रो विवाह गरेर उनले २ वर्षअघि नै घर छोडेको खड्काको भनाई छ। उनी भारततिर रहेको खड्काले वताए। श्रीमानले छोडेपछि निर्मला पसल गरेर वसेकी थिईन।

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्छ। प्रहरीले घट्नाको अनुशन्धान सुरु गरिसकेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट