तालिमका लागि रेकी गर्न हिडेको सेनाको ट्रकमा यसरी भयो आगलागी

मकवानपुर– तालिमका लागि रेकी गर्न जाँदै गरेको नेपाली सेनाको ट्रकमा आज आगलागी भएको छ।

मकवानपुरमा रहेको ७ नम्बर बाहिनी चनवनबाट सिमभन्ज्याङका लागि निस्किएको बा १ ग ३४३६ नम्बरको ट्रकमा त्रिभुवन राजपथ दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका–४ कुर्सीको मोडमा आगलागी भएको हो।

ट्रकको सापट भाँच्चिएपछी ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको बताइएको छ। सापट भाँच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगलागी भएको अनुमान गरिएको छ।

उक्त ट्रकमा १८ जना रहेका थिए । मानवीय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट