भोज खान मामाघरमा जम्मा भएका ३ जना बालकको पोखरीमा डुबेर मृत्यु

जनकपुर– धनुषामा बुधबार साँझ वर्षीको भोज खान मामघरमा जम्मा भएका ३ जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा करिव १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह छन्। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनुकुमार साहका अनुसार ममली हजुरबुबा महावीर साहको घरमा भोज खान आएका थिए।

बुधबार महावीरको घरमा वर्षीको भोज थियो। डुब्ने बालकहरु महावीर साहका छोरीका छोराहरु रहेको जनाईएको छ। सबै जना भोजमा व्यस्त भएका बेला साढे ७ बेजे तीनैजना बालक पौडी खेल्न पोखरीमा पसेको आशंका प्रहरीले गरेको छ।

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट