ममता काफ्ले वेपत्ता प्रकरण थप जटिलः अभियोजकलाई दवावमा पारेर ग्राण्ड जुरी रद्द गराउने रणनीतिमा नरेश

काठमाण्डौं– भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्ले वेपत्ता प्रकरण थप जटिल वन्दै गएको छ। हरेक तथ्य र प्रमाणले उनी जिवित नरहेको संकेत गरेपछि शव फेला नपर्दा हत्याको आरोपमा पक्राउ परेका पति नरेश भट्ट पक्षका वकिलहरुले विभिन्न कानुनी दाउपेच लगाईरहेका छन्।

अभियोजकले हालसम्म फेला परेका प्रत्येक सङ्केत प्रमाणले ममता अव जीवित नभएको देखिएकाले शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने दावी गरिरहेका बेला नरेश पक्षका वकिलले भने अभियोजकलाई दबावमा राख्न एकपछि अर्को कानुनी अड्चन खडा गरिरहेका छन्।

यसैक्रममा नरेश भट्टलाई बिहिबार विहान १० बजे अदालतमा उपस्थीत गराइने भएको छ। ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोशन (प्रश्ताव) का सन्दर्भमा हुने सुनुवाईका लागि उनलाई अदालतमा उपस्थीत गराइन लागेको हो।

यसअघ २४ अक्टोबरको प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि नरेश भट्टका तर्फबाट मोसन (प्रश्ताव) दायर गरिएको थियो। गत बिहिबारको सुनुवाइमा अभियोजकहरूले नरेशको प्रस्तावमा विरोध नगरेपछि उनको प्रश्ताव स्वीकार गर्दै ७ अक्टोबरका लागि ग्रान्ड जुरी तोकिएको थियो। प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा विहान पौने ९ बजेका लागि ग्राण्ड जुरी तय भएको र यसपछि ८ अक्टोबरका लागि कोर्टरुम ४ मा अर्को सुनुवाई तोकिएको अदालती कागजातमा जनाइएको छ।

नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिनका लागि प्रारम्भिक सुनुवाइमा छुटको प्रस्ताव गरेको थियो। जसका कारण मुद्दा सीधै अर्को चरणमा अर्थात् ग्राण्ड जूरी सुनुवाइमा गएको छ। अदालतले प्रारम्भिक सुनुवाई छुट दिए जस्तै तर ग्राण्ड जुरी रद्द गर्ने मोशन स्वीकृत भएको खण्डमा मुद्दा अझ छिटो प्रकृयामा जानेछ।

यसो गर्दा अभियोजकहरु थप दबावमा पर्नेछन्। प्रमाणहरु जुटाउनका लागि उनीहरुलाई कम समय मिल्ने छ। नरेशलाई विना धरौटी हिराशतमा राखिएकाले नरेशको डिफेन्स टोलीले यसलाई रद्द गराउन चाहेका थिए। प्रारम्भिक सुनुवाइमा जाँदा मुद्दा लम्विने तथा थप ध्यानाकर्षण र चर्चा समेत हुने भएकाले नरेशको डिफेन्स टिम यसलाई कम गराउने रणनीतिमा लागेको जनाईएको छ।

मुद्दा अगाडि सारेर अभियोजक पक्षमाथि दवाव श्रृजना गरी ग्राण्ड जूरी पनि रद्द गराउने रणनीतिमा नरेशको डिफेन्स टिम सकृय भएको वताईएको छ। यता, ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियास्थित मनासस पार्क प्रहरीले शुक्रबार सिग्नल हिल पार्कमा खोजी गरेको थियो।

त्यहाँबाट थप केही प्रमाणहरू फेला परेको र खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्। ममता काफलेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टमाथि थप अभियोगहरु लाग्न सक्ने प्रहरीले जनाएको छ।

यस अगाडि भएको सुनुवाईमा नरेशलाई अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो। न्यायाधीशले नरेश भट्ट भाग्नसक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको विश्वास गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका हो। नरेशका वकिलले ममता फेला नपरेकाले यस मुद्दामा धरौटीविना राख्नुपर्ने कुनै सम्भावित कारण नभएको भन्दै तर्क गरे पनि अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो।

ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले आफनो अफिसियल कम्प्युटरमा ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ ?’ भन्नेबारे गुगल सर्च गरेको समेत खुलासा भएको छ। अभियोजकले यो विषय अदालतमा बताएका थिए।

प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी थिइन्। यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट