२ छोरीलाई विष खुवाएर मारेकी अस्मिताको वयानः छोरीहरु मरे म मरिन, त्यसपछि भागें

विराटनगर– शनिवार (१५ भदौ) दिउँसो करिव साढे ४ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका–७ बेलगाछीस्थित नारायण न्यौपानेको केरा बगानमा मृत फेला परेका २ नाबालिकाकी आमा २९ वर्षीया अस्मिता कार्की (पौडेल) विछिप्त अवस्थामा पक्राउ परिन।

बुधबार विहान झापाको बिर्तामोडबाट पक्राउ गरी प्रहरीले उनलाई विराटनगर ल्याएको छ। उनी अस्वस्थ अवस्थामा रहेकाले कोशी अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ। उनले छोरीहरु ३ वर्षीया अर्पणा र १ वर्षीया आयिकालाई विष खुवाएर मारेको स्विकार गरेकी छिन्।

प्रहरीसँगको प्रारम्भिक बयानमा आफुले पनि विष खाएको अस्मिताले बताएकी छिन्। पहिला आफूले खाएपछि २ छोरीलाई पनि विष खुवाएको उनको भनाइ छ। बच्चाहरूको मृत्यु भयो तर आफू नमरेपछि मोबाइल त्यहीँ छाडेर भागेको उनले बताएकी छिन्।

पति ३१ वर्षीय अर्जुनले गाली गलौज गर्ने, मार्ने धम्की दिने लगाएका क्रियाकलापले वाक्क भएर आफूले यस्तो कदम उठाएको प्रारम्भिक बयानमा उनले बताएको मोरङ प्रहरीका एसपी नवराज कार्कीले बताए।

निर्माणाधिन घरमा पानी नहालेको विषयमा श्रीमानसँग भएको विवादका कारण उनी शुक्रबार ८ बजे राती ‘छोरी पनि मार्छु, म पनि मर्छु’ भन्दै हिडेकी थिईन। शनिवार छोरीहरु मृत अवस्थामा फेला परेका थिए। दिदीले वहिनीलाई अँगालो हालेको अवस्था निकै हृदयविदारक थियो। छेउमै एउटा विषादीको बट्टा र ५ रुपैयाँको नोट फेला परेको थियो।

अस्मिताले २ छोरीलाई मारेको भनेर अर्जुनलाई म्यासेज पठाएकी थिईन। खोजतलास गर्दा उनको मोवाईल पनि सोही ठाउँमा भेटियो। मोबाइल पानीमा भिजेको अवस्थामा थियो। बालबालिका मृत अवस्थामा फेला परेको करिब डेढ घण्टापछि (शनिबार साँझ करिव ६ बजे) अस्मिताले गोठगाउँकै मालती होटेलमा गएर मःम खाएको र डेढ सय रुपैयाँ तिरेको पाईएको थियो। हतास मनस्थितीमा रहेको र मःम खाएर गएको होटलवालाले बताएका थिए।

पछि अस्मिता झापामा रहेको भन्दै प्रहरीलाई सूचना आएको थियो। विर्तामोड प्रहरीको सहयोगमा उनी पक्राउ परेकी हुन। धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भएका अर्जुन र संखुवासभाको मुढेशनिश्चरेकी अस्मिताले ९ फागुन ०७५ मा प्रेम विवाह गरेका थिए।

पछिल्लो समय भने उनीहरु सुन्दरहरैंचा–७, मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा डेरा गरी बसेर आफनो घर वनाउँदै आएका थिए। अर्जुन सवारी चालक हुन। निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग अस्मिताको झगडा भएको थियो।

घरमा पानी हाल्ने विषयमा सामान्य विवाद भएको अर्जुनले प्रहरीसमक्ष बताएका छन्। सोही विवादपछि अश्मिता दुवै छोरी टिपेर घरबाट वेपत्ता भएकी थिईन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट